२०८२ असार ४ बुधबार

राशिफल

गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिध्याउने हो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नामको तगारो पन्छाउनैपर्ने बताएका छन्।

आज झापामा आयोजित एक कार्यक्रममा उनले गठबन्धनमा आबद्ध दलहरु आफैं पनि मिलेको हुनसक्ने र अरुले मिलाइदिएको पनि हुनसक्ने बताए।

उनीहरु आफैं पनि जुटेका होलान्, आफ्ना स्वार्थले। अरुले पनि उनीहरुलाई जुटाइदिएको होला। कहिले–कहिले आफैं मित लाउँछन् भन्ने पनि छैन।

तिम्रो स्वभाविक मित्र यो हो, योसँग मित लगाऊ भनेर अरुले पनि मित लगाइदिन्छन्। त्यसकारण अरुले पनि यिनीहरुलाई जोडिदिएका होला, उनले भने।

ओलीले गठबन्धनको मुखरित उद्देश्य भनेको एमालेलाई कमजोर पार्ने र एमालेलाई सिध्याउने रहेको बताए। एमाले राष्ट्रियताको पक्षमा उभिने भएकाले सिध्याउन खोजिएको उनको तर्क थियो।

छलफल नगरिकन विधेयक अघि बढाइएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे। कि त त्यही समितिबाट आएको विधेयक प्रतिवेदन मा छलफल गर्नुपर्थ्यो। समितिबाट पठाएको छलफल नगरेर फिर्ता लिने। अर्को ल्याउने।

अनि हामीले अगाडि सारेको के भयो तरु हामीले अगाडि सारेको गलत थियो भने भन्न सक्नुपर्यो त। गलत थिएन भने ३ वर्ष अगाडि किन पास नगरेर ३ वर्षदेखि पास नगरेर नागरिकताका प्रश्नमा किन दुःख दिएको ? उनले प्रश्न गरे।