२०८२ असार ३ मङ्गलबार

राशिफल

गुडिरहेको बसमाथि ढुङ्गा खस्दा किशोरीको मृत्यु

सुर्खेत : काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खस्दा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१ की १७ वर्षीया पार्वती शाही रहेकी छन् । उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा सडकमाथिबाट ना७ख ५८११ नम्बरको रात्रिकालीन बसमा ढुङ्गा खसेको थियो ।

ढुङ्गा लागेर सवारी चालक पछाडिको सिटमा बसेका दुई जना घाइते भएका थिए ।

मृतक शाहीसँगै घाइते भएकी वीरेन्द्रनगर–६ की ४५ वर्षीया राजकुमारी सुनारको भने उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।