२०८२ असार ५ बिहीबार

राशिफल

५ वर्षका लागि भारतसँग ९ लाख मेट्रिक टन मल खरिद गर्ने सम्झौता

काठमाडौं : नेपालले ५ वर्षका लागि भारतसँग झण्डै ९ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ ।

गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार जीटूजी सम्झौताबमोजिम नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर आरसीएफ बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार खरिद गर्ने सम्झौता भएको हो ।

यो सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५ २६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ ।

सम्झौताअनुसार पहिलो लट १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल भित्रीसक्ने छ ।