काठमाडौं : पोखरा महानगरपालिका–२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ ।
चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत गरिएकामा विगतमा प्रति रोपनी दुईदेखि तीन मुरी फल्ने चैते धान अहिले भने सात र आठ मुरीसम्म फलेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।
यसवर्ष बाली विकास कार्यक्रम धान उत्पादन प्रवद्र्धन कार्यक्रम अन्तर्गत पोखरा–२६ मा ५० प्रतिशत अनुदानमा चैते धानको बीउ वितरण गरिएको थियो ।
त्यसअन्तर्गत दुई हजार ३० किलोग्राम बीउका लागि कृषि महाशाखाका तर्फबाट रु ८१ हजार दुई सय उपलब्ध गराइएको थियो भने किसानका तर्फबाट ५० प्रतिशत सहभागिता गरी कूल रु एक लाख ६२ हजार चार सय लगानी गरिएको थियो ।
तपाइँको प्रतिक्रीया