काठमाडौँ : बाढीका कारण पाकिस्तानको बलोचिस्तान राज्यमा कम्तीमा १ सय २४ जनाको मृत्यु भएको छ । १० हजार भन्दा बढी घरहरू क्षतिग्रस्त भएको, सडक तथा पुलहरु भत्किएको आईएएनएसले जनाएको छ ।
केही समयअघि खडेरीझै अवस्था रहेको तथा झाडापखालका कारण मानिसहरूको मृत्यु भइरहेको बलोचिस्तानमा भारी वर्षापछि आएको बाढीमा १ सय २४ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्री शेहवाज सरिफले मृतकका परिवारलाई १० लाख तथा घर क्षतिग्रस्त भएकाहरुलाई ५ लाख रुपैया प्रदान गरिने घोषणा गरेका छन् ।
तपाइँको प्रतिक्रीया