काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुन: द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेताकार्यकरर्तालाई पक्राउ पुर्जी जारी गरेको हो ।
पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुन: द्धन्द्धमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयको चरणमै छ । सहमति अनुसार सरकारले काम गरिरहेको छैन ।’
३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै ६ साउन ७९ को आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीवाट विद्रोही गर्दै सशस्त्र द्धन्द्धमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एक जनाको ज्यान गएको थियो । देशभरी यस्ता हिंस्रक घटना घटाएको सो समूहविरुद्ध देशैभरी उजुरी परेका छन् । तत्कालिन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरूविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन्, जसकाकाअदालतले समय समयमा उनीहरूवरिुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ।
तपाइँको प्रतिक्रीया