२०८२ असार १ आइतबार

राशिफल

महिला साफ: दोस्रो चरणमा ३५ खेलाडी छानिए

काठमाडौं : नेपालमा लगातार दोस्रो पटक आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले दोस्रो चरणमा ३५ खेलाडी छनोट गरेका छन् ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०को नियुक्तिसँगै ५८ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थापाले मंगलबार ३५ खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरेका हुन् । अब थापाले अन्तिम छनोटमा २३ सदस्यीय खेलाडी घोषणा गर्नेछन् ।

साफ च्याम्पियनसिप १३,२५ भदौसम्म दशरथ रंगशालामा हुँदैछ । नेपालले १३ भदौमा भुटानविरुद्ध बुलेका ५ बजे खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । दोस्रो खेल १९भदौमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ ।

साफ च्याम्पियनसिपको पाँचौँ संस्करण समाप्त हुँदा नेपाल उपाधिविहीन छ । चारपटक फाइनल खेलेकोे नेपाल एकपटक सेमिफाइनलबाटै बाहिर भएको थियो ।

३५ खेलाडीको नाम:

गोलरक्षक: एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता वि।क।

रक्षक: हिराकुमारी भुजेल, सृजना सिंह ठुकरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुजा राना, पुनम जर्घामगर, निशा थोकर, सृजना चेम्जोङ, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डर: विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, सविता रानामगर, प्रिती राई, सरु लिम्बू, दीपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हिमा चौधरी, कुशुम खतिवडा

फरवार्ड: सवित्रा भण्डारी साम्बा, अमिशा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला वि।क, चन्द्रा भण्डारी