काठमाडौं : अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनले सैन्य अभ्यासको घोषणा गरेको छ ।
यसअघि हिजो पनि चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्ध विमानहरू उडाएको थियो । उसले थप लडाकु विमान तैनाथ राखेको छ ।
अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेको अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको नियत खराब रहेको र यसमा चीन चुप नबस्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
हिजो अबेर ताइवान पुगेकी पेलोसी आज त्यहाँको संसद्मा पुगेको छ । पेलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुनुहुन्छ । उनी बेइजिङको आलोचक समेत मानिन्छ ।
तपाइँको प्रतिक्रीया