२०८२ जेठ २२ बुधबार

राशिफल

विवादित बनेको तिज गीत ‘पापाकी परी‘बाट पेटिकोटको दृश्यहरू हटायो

काठमाडौं : भिडिओ सार्वजनिक भए लगत्तै निकै विवादित बनेको तिज गीत ‘पापाकी परी‘बाट केही दृश्यहरू हटाइएको छ ।
गीतमा समावेश पेटिकोटको दृश्यहरू हटाइएको निर्माण पक्षले जनाएको छ ।

करिश्मा ढकाल लगायतका अभिनय रहेको गीतको सो दृश्य निकै भाइरल र आलोचित बनेको थियो ।
शिव हमालको रचना रहेको सो गीतमा आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको थियो ।