२०८२ जेठ २७ सोमबार

राशिफल

२२ साउन २०७९ आइतबार-थाहा पाउनुहोस आजको राशिफल

आजको पात्रो :  २२ साउन २०७९ आइतबार , अगष्ट महिनाको ७ तारिक २०२२ , श्रावणशुक्लपक्ष दशमी, तैतिल करण, अनुराधा नक्षत्र, ब्रह्म योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आइतबारको दिन विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । आज विहान सूर्योदय ५:३० मा भयो भने सूर्यास्त ६:४९ मा हुनेछ । आजको देवता ब्रह्मा र ग्रहदेव मंगल रहेको छ । श्रावण शुक्लपक्ष आइतबार भएकाले शिवालय यात्रा गर्नु उत्तम हुनेछ । विहान ११:४४ देखि १२:२७ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्यका लागि शुभ साइत छ । साँझको समय ५:१० देखि सूर्यास्त नहुदासम्मको समय राहुकाल रहको छ । त्यस समयमा शुभकार्य नगर्दा राम्रो हुनेछ ।

आजको राशिफल : 

मेष (चु.चे.चो.....लो. )

मेष राशिको जातकको लागि धनलाभ हुनसक्छ । व्यापार ब्यबसायबाट पनि लाभ हुनेछ । दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला । आजको दिन नयाँ काम नगर्नुहोला ।

वृष (....वा.वि.वु.वे.वो)

तपाईले आजको दिन विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । तपाईलाई शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।

मिथुन (.कि.कु....के.को.)

आजको दिन तपाईको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेक कुराका सकारात्मक सोच राखेका काम गर्नु पर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुनेछ । परिवारका सदस्यसँग पनि विवाद हुने कुरा नगर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईको लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि ब्यबधान आउनसक्छ । नयाँबस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो..पी.पू.... पे.पो)

आजको दिन मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । मित्रमण्डलीहरुसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर काम गर्नुहोला । देवालय र शिवालयको यात्राले तपाईको मनमा शान्ति हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख समृद्धिप्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ । अर्थलाभ समेत हुनेछ । कसैलाई सापटी दिनुभएको धन समेत प्राप्त हुने योग रहेको छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु.)

आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको लागि फाइदा हुनेछ छैन । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु..फा..भे.)

विहान सूर्यको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । आजको दिन घरका श्रेष्ठ, जेष्ठ व्यक्तिको आशीर्वाद लिएर काम गर्नु वेश हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो..खि.खु.खे.खो.गा.गी.)

आज तपाईलाई सामाजिक मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले तपाइँमा समाजिक सेवाभाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा परिवार र समाजमा तपाईका लागि आदरभाव बढ्ने छ । मकर राशि भएका ब्यबसायीहरुले घरका श्रेष्ठ आभिभावकलाई नयाँ बस्त्र दिनुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो..)

तपाईको मन आज निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शिवालय दर्शनले मनोकाक्षा पुरा हुनेछ ।

मीन (दी.दु....दे.दो..ची)

स्वास्थ्यमा ख्याल राख्नुहोला । आकस्मिक संकट छाउने छ । मनमा भय भएपनि आज देवताको स्मरण गर्दा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र आफ्नो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला । परिवारका श्रेष्ठ सदस्यलाई मिष्ठान भोजन दिनु उत्तम हुनेछ ।