२०८२ असार १ आइतबार

राशिफल

आइतबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोवार ?

काठमाडौं :  कारोवार हुने साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्यमा ४ सय रुपैयाँले गिरावट आएको हो ।

आज छापवाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कारोवार हुने साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुनको मूल्य ९५ हजार ८ रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको थियो छ ।