काठमाण्डौ : सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था समेत आउने बताउनुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जैरुले फोहोर व्यवस्थापन यथाशीघ्र गर्नुपर्ने बताउनुभयो । फोहोर व्यवस्थापनको लागि काठमाडौं महानगरका मेयर मात्रै नभएर संघीय सरकारको सम्बन्धित मन्त्रालयले त्यसको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
काठमाडौंको फोहोर र कोरोना भन्दा ठूलो कुरा संविधानको धारा ४० लाई कानून बनाएर लाने भन्दा भन्दै पनि राज्यका तहमा बसेका जिल्ला प्रशासन अधिकृतहरुले नागरिकतामा कुकुर र कुकुर्नी कमिनी राखेर नागरिकता वितरण गर्नुभएको छ । त्यो टोली बनाएर वितरण गरेको जस्तो लाग्छ । स्थानीय तहमा समन्वय नगरेर त्यस्ता प्रशासकीय अधिकृतहरुलाई निलम्वन गर्न माग गर्दछु ।’
सांसद जैरुले दलित समुदायका नागरिकलाई नागरिकता वितरण गर्दा नागरिकतामा अपमान गरेर कुकुर र कुकुर्नी जस्ता नाम राख्ने प्रशासकीय अधिकृतहरुलाई निलम्वन गर्न सरकारसँग माग गर्नुभयो ।
तपाइँको प्रतिक्रीया