२०८२ असार ४ बुधबार

राशिफल

सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

काठमाण्डौ : सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । डुबेर विष्णुपुर गाउँपालिका ३ का ३५ वर्षका शिव शंकर सदा र झापाको घैलाडुवा गाउँपालिका ६ घर भएका संजय पण्डितका दुई वर्षका छोरा दीप कुमार पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिवको पोखरीमा कमलको फूल टिप्न जाँदा डुबेर ज्यान गएको हो । यस्तै दुई वर्षका दीपकुमार सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ मा पाहुनाको रूपमा आएकोमा खेल्ने क्रममा चिप्लेर पोखरीमा खसेका थिए । घटनाको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।