२०८२ असार २ सोमबार

राशिफल

ज्ञानेन्द्रलाई समेट्दै केन्याबिरुद्द नेपाली टिम घोषणा

काठमाडौं : पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै नेपाल क्रिकेट संघ ९क्यान० ले केन्यासँग हुने पाँच टी-२० र तीन एकदिवसीय अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोली मंगलबार घोषणा गरेको छ ।

१६ सदस्यीय टोलीमा ज्ञानेन्द्रले पुनरागमन गरिएको छ । टोलीको कप्तानी भने सन्दीप लामिछानेले गर्नेछन् । यस्तै, उपकप्तान रोहितकुमार पौडेल छन् ।

केन्यामा हुने शृंखला २५ अगस्ट देखि ५ सेप्टेम्बरसम्म हुनेछ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले सुरुवातमा टी-२० शृंखला खेल्नेछ ।

जुन शृंखला मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा पहिलो हुनेछ । क्यानले सोमबार प्रभाकरलाई नियुक्त गरेको हो ।