२०८२ असार २ सोमबार

राशिफल

आईसीसीको टी–२० वरियतामा दीपेन्द्रसिंहको एक स्थान सुधार, अलराउन्डरमा आठौं स्थानमा

काठमाण्डौ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० वरियता सार्वजनिक गरेको छ । नयाँ टी–२० वरियताको अलराउन्डरतर्फ नेपाली टिमका महत्वपूर्ण सदस्य दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन् । उनी अब एक स्थान सुधार गर्दै आठौँमा उक्लिएका छन् ।

यसअघि दीपेन्द्रको वरियता नवौँ स्थान थियो । योसँगै उनले थप अर्को उपलब्धि हासिल गरे । दीपेन्द्रले नेपाली क्रिकेट इतिहासमा उत्कृष्ट वरियतामा हासिल गरे खेलाडीको उपलब्धि हासिल गरेका हुन् । यसअघि कुनै पनि नेपाली क्रिकेटरले आठौँ वरियता हासिल गरेका थिएनन् ।

अलराउन्डर वरियताको शीर्ष स्थानमा भने अफगानिस्तानका कप्तान मोहम्मद नाबी छन् । त्यस्तै, दोस्रोमा बंगलादेश शाकिवअल हसन, तेस्रोमा इंग्ल्याण्डका मोइन अली, चौथोमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, पाँचौँमा यूएईका रोहन मुस्तफा, छैटौँमा नामिबियाका जेजे स्मित, सातौँमा ओमानका जीशान मक्सूद, नवौँ र दशौँमा क्रमशः एडन माक्रम र वानिन्दु हसरंगा रहेका छन् ।