२०८२ असार २ सोमबार

राशिफल

अष्ट्रेलियाकी महिला कप्तान लेनिङद्वारा खेलबाट विश्राम लिने घोषणा

काठमाण्डौ : अस्ट्रेलियाका महिला क्रिकेट टिमकी कप्तान मेग लेनिनले खेलबाट विश्राम लिने घोषणा गरेकी छन् । उनले व्यक्तिगत कारण बताउँदै खेलबाट विश्राम लिन लागेकी सञ्चारमाध्यमले जनाएका छन् ।

३० वर्षीया लेनिङले कमनवेल्थ गेम्समा अष्ट्रेलियाको नेतृत्व गर्दै स्वर्ण जितेको एक दिनपछि उनले आगामी दिनमा नखेल्ने घोषणा गेरेकी हुन् ।
सन् २०१०मा अन्र्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी लेनिङ सन् २०१४ मा २१ वर्षको उमेरमा अस्ट्रेलियन टिमको कप्तान बनेकी थिइन् ।

उन्को नेतृत्वमा अष्ट्रेलियाले सबै फर्म्याटमा १ सय ७१ खेल खेलेको छ ।
जसमा १ सय ३५ जित हात पार्न सफल भएका छन् । लेनिङले सन् २०१७ देखि पाँच अन्तर्राष्ट्रिय खेलहरु मात्रै गुमाएकी छिन् ।

उनकै नेतृत्वमा अष्टे«लियाले २०२०को टी–२० विश्वकप र २०२२ को एक दिवसीय विश्वकपको उपाधि जितेको थियो ।