२०८२ जेठ ३१ शुक्रबार

राशिफल

आजपनि पाँच दशमलव ११ अङ्कले नेप्से घट्यो

काठमाण्डौ : आजपनि शेयर बजार घटेको छ । लगातार तेस्रो दिन बुधबार शेयर बजार परिसूचक नेप्से पाँच दशमलव ११ अङ्कले घटेर दुई हजार ५७ दशमलव ६८ विन्दुमा झरेको छ ।

आज उत्पादन र लगानीबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय १८ वटा कम्पनीको ४६ लाख ४० हजार कित्ता शेयर एक अर्ब ९३ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले घटेको छ । यस्तै हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, लक्ष्मी लघुवित्त, कर्णाली विकास बैंक, मञ्जुश्री फाइनान्स र रिभर फल्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि हिमालयन हाइड्रोपावरको शेयर भने १० प्रतिशतले बढेको छ ।