काठमाण्डौ : गुल्मीमा कोरोना भाइरसको संक्रमण दर लगातार बढिरहेको छ । बुधबार जिल्लामा ७७ जनाको एन्टिजेन परिक्षण गर्दा थप ३३ जना संक्रमित फेला परेका छन् । यससंगै संक्रिय संक्रमितको संख्या १ सय १२ पुगेको छ । संक्रमित सबै होम आइसुलेसनमा उपचारर्थ छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।
जिल्लामा कोरोना संक्रमण सुरुभए यताको कुल संक्रमितको संख्या ८ हजार ५ सय १३ पुगेको छ । यससंगै अहिलेसम्म ८ हजार ८ सय ९७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । जिल्लामा मृत्यु हुनेको संख्या २ सय ८८ रहेको छ ।
गुल्मीमा अहिलेसम्मको अवधिमा १ लाख ४३ हजार ६ सय ४६ जनाले पहिलो मात्राको कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् भने १ लाख ३४ हजार २३ जनालाई दोस्रो मात्राको खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै २९ हजार २८ जनालृ मोडेना पहिलो २८ हजार ३ सय ८६ जनाले मोडेना दोस्रो मात्राको खोप लगाएका छन् । बुस्टर डोज लगाउनेको संख्या १ लाख ६ हजार ७० रहेको छ ।
जिल्लामा कोरोना नियन्त्रणका लागि २ अस्पताल उपलब्ध छन् । १ सय ७५ बेड, ४२ वटा एम्बुलेन्स जिल्लामा उपलब्ध रहेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया