२०८२ असार ३ मङ्गलबार

राशिफल

नेप्सेमा आज १९.०६ अंकको गिरावट

काठमाडौं : पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार बिहीबार दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा अडिएको छ । कारोबार रकममा समेत ह्रास आइरहेको छ । आजको दिन १ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । म्युचुअल फण्डबाहेक सबै समुहमा गिरावट आएको छ ।

कारोबारमा २२३ कम्पनी सामेल भएका थिए ।