२०८२ जेठ ३२ शनिवार

राशिफल

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड पुगे

काठमाडौं : देशमा आन्दोलन चर्किएसँगै भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड पुगेका छन्।

भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार सिंगापुरको भिसा अवधि सकिएपछि राजापाक्षे थाइल्याण्ड पुगेका हुन्।

पूर्व राष्ट्रपतिको यात्राको लागि श्रीलंका सरकारबाट अनुरोध प्राप्त भएको थाइल्याण्ड सरकारले जनाएको छ। थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान(ओ(चा ले आफ्नो सरकारले राजापाक्षेलाई अस्थायी रुपमा बसोबासको अनुमति दिएको बताएका छन्।

मानवीय आधारमा राजापाक्षेलाई शरण दिइएको थाइल्याण्डले जनाएको छ।