२०८२ जेठ ३१ शुक्रबार

राशिफल

पाल्पाको रामपुरमा एक व्यक्ती मृत फेला

काठमाडौं : पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार  मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् ।

घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् ।

बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिर्गौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीन पटक शल्यक्रिया गरेको पारिवारले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।