काठमाडौं : राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिका राजपुतको विषयमा चासो राखेकी हुन् ।
शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको निहारिकाले बताउँदै आएकी छन् ।
राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुन: प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।
तपाइँको प्रतिक्रीया