२०८२ जेठ ३१ शुक्रबार

राशिफल

डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता

काठमाडौं : डोटीको सायल गाउँपालिकामा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन् ।

ठूलो खोलाले बगाएर सायल गाउँपालिका–६ रउकल्ला बस्ने शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाले जानकारी दिएको छ ।

गोरु गोठाला गएको बेला स्थानीय परिगाउँको ठूलो खोलाले बगाउँदा उनी बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाका प्रमुख मानबहादुर रोकायाले बताउनुभयो । खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको खोजीका लागि अहिले स्थानीयवासीसहित प्रहरी टोली घटनास्थलमा खटिएको छ ।