२०८२ जेठ ३१ शुक्रबार

राशिफल

अनशन तोड्न निहारिकालाई  कानुनमन्त्रीको आग्रह, डीएनए टेस्ट गराउन सकारात्मक

काठमाडौं : ११ दिनदेखि आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई कानूनमन्त्री गोविन्द बन्दीले भेटेका छन् । आज महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पुगेर उनले अनशन तोड्न आग्रह गरे ।

मन्त्री बन्दीले निहारिकाका मागहरुमा सरकार संवेदनशील रहेको बताएका थिए । उनले बच्चा र आरोपीको डीएनए टेस्ट गराउनका निम्ति सरकारले आवश्यक पहल गर्ने बताए ।

‘डीएनए टेस्ट लगायतका माग पूरा गर्न सकिने आश्वासन दिनुभएको छ,’ भेटपछि निहारिकाले भनिन् । आफूले माग पूरा भइसकेपछि मात्रै अनशन तोड्ने बताएको उनले जानकारी दिइन् । पहिले सरकारसँग गरेका सम्झौता कार्यान्वयन नभएको विषयमा उनले ध्यानाकर्षण गराएकी थिइन् ।