२०८२ जेठ ३१ शुक्रबार

राशिफल

बञ्चरे डाँडामा फोहोर फाल्न दिँदैनौ भन्दै विज्ञप्ति निकाल्ने ३ जनाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं : बञ्चरे डाँडामा फोहोर फाल्न नदिने घोषणा गर्दै वक्तव्य निकाल्ने ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।

उनीहरु ३ जना विरुद्ध फोहोर बोकेको ट्रक तोडफोड गरेकोरगर्न लगाएको भन्दै ट्रक धनीहरुले उजुरी दिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।