२०८२ असार ३ मङ्गलबार

राशिफल

क्रिप्टो र भर्चुअल करेन्सी कारोबार गरेको पाइए कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौँ : नेपाल राष्ट्र बैंकले क्रिप्टोरभर्चुअल करेन्सीको कारोबार अवैध रहेको बताउँदै कसैको संलग्नता रहेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । क्रिप्टो कारोबार नगर्न सचेत गराउँदै राष्ट्र बैंकले चौथो पटक सूचना जारी गरेको हो । यसअघि २०७४ साउन ९ गते, २०७८ भदौ २४ गते र २०७८ माघ ९ गते सार्वजनिक सूचनामार्फत सचेत गराएको थियो ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअलरक्रिप्टो करेन्सीले कानुनी मान्यता नपाएको, कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र कुनै सुरक्षण नभएको हुँदा भर्चुअलरक्रिप्टो कारोबार गैरकानुनी रहेको छ’ राष्ट्र बैंकले चौथो पटक निकालेको सूचनामा भनिएको छ ‘यस्तो कारोबार, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्डमा सम्पत्ति सुद्धीकरण तथा आतंककारी क्रियाकलाप लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनीहित रहन्छ ।’

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था ९विदेशी समेत० र नेपालबाहिर बसोबास गर्ने नेपाली नागरिकले समेत त्यस्तो कारोबार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी राष्ट्र बैंकले दिएको छ । नेपालमा दर्ता भई नेपालबाहिर रहेका फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरुले कुनै पनि प्रकारका भर्चुअलरक्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ, हाइपर फण्ड कारोबार गरेको, गराएको वा संलग्नता रहेको पाइएमा कारबाही हुने बैंकले जनाएको छ । साथै त्यस्तो कारोबारका लागि रेमिट्यान्स, विनिमय रकम, माइनिङ सम्बन्धी कार्य गर्ने गराएको पाइएमा कारबाही हुने भन्दै राष्ट्र बैंकले सचेत गराएको छ ।