मेष (चु.चे.चो.ल.ल.ल.ल.लो.अ )
गरेका काम अधुरै रहला । मालसामान हराउन सक्छ । चोटपटकको भय छ, सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग मिल्नेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नजिकैको व्यक्तिसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज स्वास्थ्यमा समस्या आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
महत्त्वपूर्ण कामको योजना र पुनस् थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे.)
आज आफन्त तथा अग्रजहरूसँग विवाद बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च पनि बढेर जानेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द.)
आजको परिश्रमबाट पछि फाइदा मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कृषिको कारोबारबाट सफलता मिल्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आज साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ. पे.पो)
आज रमणीय र सुखद् जीवन र यात्राको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु.)
आज नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोबारमा सफलता पनि पाइएला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी.)
आज विस्तारै वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा विस्तारै सुधार आउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ( ज्यो।प। नारायणप्रसाद दुलाल
तपाइँको प्रतिक्रीया