२०८२ असार २ सोमबार

राशिफल

साफ महिला च्याम्पियनसिप फुटबलमा भारत सहभागि नहुने

काठमाडौं  : विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएसँगै छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएको छ ।

महिला साफ भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिनाअघि पाकिस्तानमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै लामो समयपछि साफका सातै टिमको सहभागितामा प्रतियोगिता हुन लागेको थियो ।

सन् २०१० देखि सुरु भएको महिला क्षेत्रीय प्रतियोगिता अहिलेसम्म भारतबाहेक अन्य देशले जित्न सकेका छैनन् । पाँचमध्ये चारपल्ट फाइनलमा उसले नेपाललाई पराजित गरेको थियो ।