२०८२ जेठ ३२ शनिवार

राशिफल

बिहारमा नितिश–तेजस्वी सरकार गठनको ६ दिनपछि आज क्याबिनेट विस्तार गरिँदै

काठमाडौं :  बिहारमा नितिश–तेजस्वी सरकार गठनको ६ दिनपछि आज क्याबिनेट विस्तार गरिने भएको छ ।

नयाँ मन्त्रिमण्डलमा कूल ३१ जना मन्त्रीले शपथ लिने बताइएको छ । यसमध्ये १६ जना राष्ट्रिय जनता दल (आरजेडी), ११ जना जनता दल युनाइटेड (जेडीयू), २ जना काँग्रेस र हम र निर्दलीय एक–एक जना रहेका छन् ।

यता मन्त्रिमण्डल विस्तार हुन नपाउँदै काँग्रेसमा विवाद सुरु भएको छ । हिजो पार्टी कार्यालय बाहिर काँग्रेस कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । आफूहरूलाई कम मन्त्रालय दिएकोमा उनीहरूको असन्तुष्टि जनाएको छ ।