२०८२ जेठ ३२ शनिवार

राशिफल

रुकुम पश्चिममा एक्स्काभेटर दुर्घटना हुँदा चालकको ज्यान गयो

काठमाडौं : रुकुम पश्चिममा एक्स्काभेटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । हिजो बेलुका मुसीकोट नगरपालिका–२, राउखेतमा दुर्घटना हुँदा रसुवा घर भइ कास्की पोखरा बस्दै आएका ६० वर्षीय मानबहादुर प्याकुरेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार पातुखोला – राउखेत सडक खण्ड मर्मतको क्रममा हिजो एक्स्काभेटर पल्टिएको थियो ।