२०८२ असार ४ बुधबार

राशिफल

पाँचथरमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

काठमाडौं : चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक पुरुष पक्राउ परेका छन् ।

जिल्लाको फिदिम नगरपालिका(११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो ।

बलात्कृत बालिकाका मामाले दिएको उजुरीका आधारमा नागिनमा रहेको फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको पाँचथर प्रहरी जनाएको छ । बुढाथोकीले शनिवार राति बालिकालाई बलात्कार गरेको आरोप छ ।

बालिकाका आफन्तले सोमवार प्रहरीमा उजुरी दिएपछि बुढाथोकी पक्राउ परेका हुन् । बुढाथोकी विरुद्ध उजुरी परेलगत्तै आरोपितलाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान थालिएको राईले बताउनुभयो।