काठमाडौं : आज मङ्गलवार पनि सुरक्षाकर्मीको उपस्थितिमा नुवाकोटको बञ्चरेडाँडामा फोहर फाल्न लागिएको छ । आज धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का स्थानीयवासीले अवरोध गरेपछि फोहर बोकेर गएका गाडी बाटोमै रोकिएका छन् ।
दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मी काठमाण्डौबाट गएर अहिले गाडीलाई लाइन लगाउने काम भइरहेको र केहीबेरमा फोहर झार्न सुरु गरिने नुवाकोट प्रहरीले जनाएको छ । धुनीबेसी नगरपालिका वडा नम्बर १ का स्थानीय युवाले हातमा ढुङ्गा बोकेर बसेकाले फोहरका गाडी अगाडि बढ्न सकेका थिएनन् ।
महानगरले आज दुई सय ५० वटा गाडी फोहर लोड गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार नुवाकोटका ४०–५० जना प्रहरी बञ्चरेडाँडामै बिहानदेखि नै थिए । अहिले काठमाण्डौबाट गएका सुरक्षाकर्मीको टोली पनि पुगेका छन् ।
तपाइँको प्रतिक्रीया