काठमाडौं : गुल्मीको रेसुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार स्थानीय जनताका घटना जन्म ,मृत्यु जस्ताको प्रमाणपत्र घरमै गई सेवा प्रवाह गर्न थालेको छ ।
प्रमाणपत्र उपलब्ध गराउने कार्यक्रम अन्र्तगत यही श्रावण २६ गते रेसुङ्गा नगरपालिका ५ भुवनपानि गोबानेका गोपाल खनालको छोरा जीवन तथा गोमा खनालको सुपुत्र प्रजल खनालको तथा खुब बहादुर केसी को छोरा वसन्त एवम सिर्जना केसी को २३ दिनको सुपुत्रि चादनि केसी साथै बरदाबास निवासि पुर्ण बहादुर केसीको छोरा किरण तथा गंगा केसिको १३ दिनकि सुपुत्रि कृष्णा केसिको जन्मदर्ताको प्रमाणपत्र बच्चाको अभिभावकहरुलाई उहाकै निवासमा पुगि प्रदान गरिएको छ ।
यसै क्रममा मंगलबार वडा नम्बर ५ मै तल्लाखर्कमा पुगि रेसुङ्गा नगरपालिक का नगर प्रमुख खिलध्वज पन्थि, भाइ खिमानन्द पन्थि र उमाकान्त पन्थिका पिता स्वर्गीय खगिश्वर पन्थिको मुत्यु दर्ता उहाँका सुपुत्र उमाकान्त पन्थीलाई निवासमा पुगि उक्त वडा का वडा अध्यक्ष दुर्गा खनाल, वडा सचिव शेष नारायण खनाल र वडा सदस्य घनश्याम खनालले हस्तान्तरण गर्नु भएको छ ।
तपाइँको प्रतिक्रीया