काठमाडौं : एक वर्षको अवधिमा २ अर्ब २१ करोड डलरले विदेशी मुद्राको सञ्चिति घटेको छ । २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७९ असार मसान्तमा १८।९ प्रतिशतले घटेर ९ अर्ब ५४ करोड कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८र७९ को तथ्यांक अनुसार नेपाली मुद्रामा मात्रै नभएर अमेरिकी डलरमा पनि विदेशी मुद्राको सञ्चिति वार्षिक रुपमा घटेको हो ।
गत आर्थिक वर्षको अन्तिम महिनामा भने विदेशी विनिमय सञ्चितिमा सामान्य सुधार भएको छ । गत आर्थिक वर्ष २०७८र७९ को तथ्यांक अनुसार जेठ २०७९ को तुलनामा आसर २०७९ मा विदेशी विनिमय सञ्चिति बढेको हो । जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा आउँदा बढेर असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
तर, असार २०७८ को तुलनामा असार २०७९ मा भने विदेशी मुद्रा सञ्चिति घटेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७९ असारमा १३।१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
अमेरीकी डलरमा पनि पछिल्लो एक महिनामा भने ९ करोड डलरले विदेशी विनिमय सञ्चिति बढेको छ । असार २०७९ मा ९ अर्ब ४५ करोड डलर रहेको विदेशी मुदाको सञ्चिति असार २०७९ मा ९ अर्ब ५४ करोड डलर पुगेको हो ।
नेपाली मुद्रा अमेरीकी डलरको तुलनामा कमजोर हुँदा नेपाली मुद्रामा भन्दा डलरमा विदेशी मुद्राको सञ्चितिमा उच्च गिरावट देखिएको हो ।
असारमा बढेको रेमिट्यान्स तथा बाह्य सहायता परिचालन बढ्न विदेशी विनिमय सञ्चितिमा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । साथै आर्थिक वर्षको पछिल्लो महिनामा आयत नियन्त्रण भएसँगै त्यसले पनि थप सहयोग गरेको हो ।
औसत आयात यथावत रहेको र विदेशी मुद्रा सञ्चितिमा समानय सुधार हुँदा सञ्चिति पर्याप्त सूचकांकमा पनि सुधार भएको छ । आर्थिक वर्ष २०७८र७९ को आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७।८ महिनाको वस्तु आयात र ६।९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रिय बैंकले जनाएको छ ।
जेठ महिनामा विदेशी मुद्राको सञ्चितिले ७।५३ महिनाको वस्तु आयात र ६।७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्तरहेको अवस्था रहेको थियो ।
तपाइँको प्रतिक्रीया