२०८२ जेठ २२ बुधबार

राशिफल

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

काठमाडौं : पूर्वयुवराज्ञी हिमानी शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् ।

गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् ।

स्वास्थ्यमा थप सुधार नभएपछि उनी बुधबार मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले बताए ।