२०८२ असार ३ मङ्गलबार

राशिफल

घरमा आगलागी हुँदा मोरङमा एक जनाको ज्यान गयो

काठमाडौं : मोरङमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ ।

गएराति ११ बजे सुन्दरहरैचा–११ बेलेपुरमा रहेको बालकृष्ण गिरीको साढे दुई तले घरमा आगलागी हुँदा त्यहाँ डेरा गरी बस्ने बेलबारी नगरपालिका(११ घर भएका ३८ वर्षका कुमार श्रेष्ठको ज्यान गएको हो ।

प्रहरीका अनुसार ज्यान गुमाउने श्रेष्ठले रङ लगाउने काम गर्नुहुन्थ्यो । राति सुतेकै अवस्थामा उहाँको ज्यान गएको हो ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।