२०८२ असार ३ मङ्गलबार

राशिफल

तोलामा सुन तीन सय र चाँदी १५ रुपैयाँले घटयो

काठमाडौं : साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार २ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सयले घटेर ९५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारबाट सुनको मूल्य घट्दै आइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।