२०८२ जेठ ३२ शनिवार

राशिफल

एप्पलको आगामी आईफोन १४ सेप्टेम्बरमा सार्वजनिक हुने

काठमाडौं : एप्पलको आगामी आईफोन १४ अर्को महिना सार्वजनिक हुने भएको छ। म्याकरुमर्सकाअनुसार आईफोन १४ सेप्टेम्बर ७ मा सार्वजनिक हुनेछ। आईफोन सिरिज अन्तर्गत आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ र आईफोन १४ प्रो म्याक्स रहेका छन्।

एप्पलको कुल बिक्रीमध्ये आईफोनको हिस्सा ५० प्रतिशत छ। रिपोर्टका अनुसार आईफोन १४ सरिजसँगै कम्पनीले चालु वर्षका लागि अन्य उत्पादन पनि सार्वजनिक गर्ने प्रक्रियाको थालनी गर्नेछ। नयाँ म्याक ल्यापटप र डेक्सटप कम्प्युटर, एप्पल वाच र आईप्याड लगायत हुनेछ। आईफोन १४ को स्ट्यान्डर्ड मोडल धेरै हदसम्म आईफोन १३ सँग मिल्दो जुल्दो हुने अनुमान गरिएको छ।

प्रो मोडलमा अल्वेज अन डिस्प्ले

आईफोन १४ मा ६.१ इन्चको स्क्रिन र १४ म्याक्समा ६.७ इन्चको डिस्प्ले हुनेछ। प्रो मोडलमा अल्वेज अन डिस्प्ले (एलओडी) फिचर पनि दिइने सम्भावना छ। १४ प्रो स्क्रिन प्रोटेक्टरको बाहिरिएको तस्बिर अनुसार गोलीको आकारको कटआउट देखिएको थिया। जसको छेउमा एक होल पी स्लट दिइएको छ।

६ कलर

रिपोर्टका अनुसार आईफोन १४ ब्ल्याक, ब्लू, ग्रीन, पर्पल, रेड र ह्वाइट कलर विकल्पमा उपलब्ध हुनेछ। यसका साथै आईफोन प्रो गोल्ड, ग्रेफाइट, ग्रीन, पर्पल र सिल्भर कलरमा उपलब्ध हुनेछ। ४३२३ एमएएचको ब्याट्रीले ३० वाटको चार्जर सपोर्ट गर्नेछ।