काठमाडौं : भारतको उत्तर प्रदेशस्थित मथुरा जिल्लामा कृष्णजन्माष्टमी मनाउने भीडमा च्यापिएर २ जनाको मृत्यु भएको छ ।
मथुरा वृन्दावनको बांके बिहारी मन्दिरमा अबेर राति भागदौड हुँदा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भीड धेरै भएपछि ५० भन्दा बढी व्यक्ति बेहोस भएका थिए । स्थानीय एसएसपी अभिषेक यादवका अनुसार भीड बढी भएका कारण घटना भएको हो । मृतकहरू नोएडा निवासी निर्मलादेवी र वृन्दावन निवासी राजकुमार रहेका छन् ।
तपाइँको प्रतिक्रीया