२०८२ जेठ ३२ शनिवार

राशिफल

हिमाचलमा बाढीले १५ को मृत्यु

काठमाडौं : भारतको हिमाचल प्रदेशमा अविरल वर्षासँगै शनिबार आएको बाढीपहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता भएका टाइम्स अफ इन्डियाले जनाएको छ ।

बेपत्ताहरूको खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । अविरल वर्षाले हिमाचलका मण्डी र चम्बा जिल्ला सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । मण्डी जिल्लाका एक बासिन्दाले बाढीपहिरोका कारण जनजीवन अस्तव्यस्त भएको बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मण्डी जिल्लामा पहिरोले एक घर भत्किँदा एकै परिवारका ८ जनाको मृत्यु भएको हो ।

सोही जिल्लामा आएको बाढीले २ जनाको मृत्यु भएको र ५ घर डुबेका जनाइएको छ । यसबाहेक चम्बा जिल्लामा पहिरोले घर भत्किँदा एक महिलासहित ३ जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण विभिन्न स्थानमा दर्जनौं घर भत्किएका र ती घटनामा कम्तीमा २ जनाको मृत्यु भएको बताइएको छ ।