२०८२ जेठ २१ मङ्गलबार

राशिफल

मैले जागिर खाइन आमा ।

मैले जागिर खाइन आमा ।
मेरो सर्टिफिकेट खिया लाग्यो
तर मैले जागिर खाइन आमा ।
सत्ता र शक्तिको खेलले गर्दा
तपाइले पढाएको बेकार गयो
मैले जागीर पाईन आमा

म जस्ता थुप्रै थिए प्रर्तिस्पर्धी
सबैलाइ उछिने मैले
तर मजस्ताले जागिर खाए
मैले खाइन आमा ।
षड्यन्त्रकारीले गर्दा मैले जागिर खाइन आमा
मैले जागिर पाइन आमा ।

सबै आ आफ्नो भूडि भर्न लागे ।
म त्यसै जागिर खोज्दै भागे
तर मैले जागिर खाइन आमा ।
मैले जागिर पाइन आमा

जताततै घुसखोरि र प्रपोन्जको जालो भयो ।
मैले कमाएको सर्टिफिकेट पनि
भात उतार्ने टालो भयो
लाखौ कोशिश गर्दा पनि
मैले जागिर खाइन आमा
मैले जागिर खाइन आमा ।।।।

  • लक्ष्मण कुँवर गुल्मी