२०८२ असार २ सोमबार

राशिफल

वेस्ट इन्डिजलाई आउँदो वर्षको एकदिवसीय विश्व कपमा सिधै छनोट हुन कठिन

काठमाडौं : वेस्ट इन्जिडलाई आउँदो वर्ष हुने एकदिवसीय विश्व कपमा सिधै छनोट हुनका लागि धक्का पुगेको छ । न्युजिल्यान्डसँगको तेस्रो एकदिवसीय क्रिकेटमा ढिलो ओभरका कारण वेस्ट इन्डिजको दुई अङ्क घटेपछि आउँदो एकदिवसीय विश्व कपमा सिधै छनोट हुने सम्भावना कम हुँदै गएको छ ।

दुई अङ्क कटौती भएपछि वेस्ट इन्डिजको २४ खेलमा ८८ अङ्क भएको छ र रनरेट माइनस शून्य दशमलव ७३७ मा झरेको छ । वेस्ट इन्डिज सुपर लिगको सातौँ स्थानमा छ । आयोजक भारतसहित शीर्ष आठ स्थानमा रहने टोली विश्व कपका लागि सिधै छनोट हुनेछन् ।

अस्ट्रेलिया, दक्षिण अफ्रिका, श्रीलङ्कालगायतका देश वेस्ट इन्डिजभन्दा पछाडि रहेका छन् तर उनीहरूले निकै कम खेल खेलेकाले बाँकी खेलबाट अङ्क बटुल्न सक्नेछन् । अहिले नवौँ स्थानमा रहेको आयरल्यान्डले अर्को वर्ष बङ्गलादेशसँग तीन खेलको शृङ्खला खेल्दैछ, शृङ्खलाका दुई वटा खेल जितेमा आयरल्यान्डले वेस्ट इन्डिजलाई पछि पार्नेछ ।

एकदिवसीय क्रिकेटमा शीर्ष आठ टोली सिधै छानिने छन् भने बाँकी पाँच टोलीले क्वालिफायर खेल्नेछन् । क्वालिफायरकाे फाइनल पुग्ने दुई टोली विश्व कपमा पुग्नेछन् ।