२०८२ असार २ सोमबार

राशिफल

रुसी आक्रमणबीच युक्रेनमा फुटबल लिग सुरु

काठमाडौं : रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि पहिलो पटक युक्रेनको फुटबल लिग सुरु भएको छ । नयाँ सिजनको लिगको पहिलो खेल मंगलबार सख्तर डोनेस्क र मेटालिस्ट १९२५ खारकिब क्लबबीच भएको थियो ।

किभको ओलिम्पयस्किभ नेसनल स्पोर्टस कम्पलेक्समा भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेले । स्टेडियम ७० हजार दर्शक क्षमताको भएपनि एकजना पनि दर्शक भने थिएनन् ।

रुसले जारी राखेको आक्रमणबाट सर्वसाधारणलाई जोगाउने उदेश्यले लिगका खेलमा दर्शकहरुलाई अनुमति नदिइएको सीएनएनले जनाएको छ । खेलका लागि विभिन्न सुरक्षा उपायहरु अपनाइएका छन् ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेपछि युक्रेनको फुटबल लिग रद्द गरिएको थियो । मंगलबारबाट भने नयाँ सिजनको लिग सुरु भएको हो ।