२०८२ असार २ सोमबार

राशिफल

भिसाका कारण भोलिको पहिलो खेल अन्योलमा

काठमाडौं : नेपाल र केन्याबीच भोलि बिहीवारदेखि सुरु हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेल अन्योलमा परेको छ ।

भिसाको समस्याका कारण नेपाली टोलीका केही खेलाडी केन्या नपुगेका कारण खेल हुने/नहुने अन्योल भएको हो । यसबारेमा केन्या क्रिकेट र नेपाल क्रिकेट सङ्घले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । तर नेपाल क्रिकेट सङ्घ क्यानले खेल निर्धारित तालिकामै सुरु गराउने प्रयास भइरहेको जनाएको छ ।

कप्तान सन्दीप लामिछानेसहितका ११ जना खेलाडी केन्या पुगिसकेका छन् भने भिसा समस्याका कारण पाँच जना खेलाडी केन्या जान पाएका थिएनन् । यीमध्ये सोमपाल कामी र विवेक यादव आज बुधवार केन्या प्रस्थान गर्ने र भोलि बिहानसम्म पुगिसक्ने क्यानले जनाएको छ ।

नेपाली टोलीका ट्रेनर अब्दुल सतार, बसिर अहमद, शाहब आलम र आदिल अलामको भने अझै भिसा आएको छैन । नेपालले भोलिदेखि केन्यासँग पाँच खेलको टी–२० र तीन खेलकाे एकदिवसीय क्रिकेट शृङ्खला खेल्दैछ ।