काठमाडौं :
सामाजिक सञ्जाल फेसबुकमा केही समस्या देखापरेको छ। विश्वका सेलिब्रेटीहरूको पृष्ठहरूमा अनियमित मानिसहरूका पोष्टहरूसँग स्पाम गरिएको फेलापरेको हो।
प्रयोगकर्ता सेलिब्रेटीहरूले ट्विटर जस्ता अन्य सामाजिक सञ्जालहरूमा उनीहरूको दूविधाको बारेमा पोस्ट गरेर फेसबुकको समस्याको जानकारी दिए।
बेलायत, अमेरिका, स्पेन, क्यानाडा, मेक्सिको, इटाली, फ्रान्स, पोल्याण्ड र अष्ट्रेलियामा यो समस्या देखिएको बेलायती समाचार संस्था स्काई न्यूजले जनाएको छ।
केही समयअघि ट्विटरमा देखिएको समस्या फेसबुकमा अर्को तरिकाले फेला पर्नु ह्याकरको सहभागिता समेत भएको हुनसक्ने फेसबुकले जनाएको छ।
फेसबुकको आधिकारीक संस्था मेटाका सिइओ मार्क जुकरबर्गले कोबाट के गल्ती भएको अनुसन्धान भइरहेकाले थाहा हुने र यसबाट सम्बन्धित व्यक्तिलाई परेको असरप्रति माफी समेत मागेका छन्।
उनले भने, “हामीले प्रभावित सबैको लागि सकेसम्म चाँडो समस्या समाधान गरेका छौं, र हामी कुनै पनि असुविधाको लागि क्षमा चाहन्छौं।”
तपाइँको प्रतिक्रीया