२०८२ असार ३ मङ्गलबार

राशिफल

बंगुरको पाठापाठी बिक्री नहुँदा किसान मारमा

काठमाडौ : बंगुरको पाठापाठी बिक्री नहुँदा तेह्रथुमका किसान मारमा परेका छन् ।

बंगुरपालनबाट राम्रो आम्दानी लिँदै आएका किसानले उत्पादन गरेको पाठापाठी बिक्री नहुँदा समस्यामा परेका हुन् । गतवर्ष ४ हजार सम्ममा बिक्री भएको बंगुरको पाठा यतिबेला १५ सयमा पनि बिक्री नभएको किसानले बताएका छन् ।

स्थानीय तथा जिल्ला बाहिरका बजारहरुमा ६ महिना यता मुल्यमा आएको गिरावटले पाठापाठी बिक्री नभएका हुन् । गाउँका किसानको आम्दानीको श्रोत नै बंगुरपालन भएकाले पाठापाठी बिक्री नहूँदा आर्र्थिक संकट भएको किसानहरु बताउँछन् ।

पछिल्लो समय बंगुर पालनलाई व्यवसायीक बनाउँदै आएका युवाको व्यवसाय नै धरासायी बनेको छ ।