२०८२ जेठ २९ बुधबार

राशिफल

इजरायलमा भेटियो १२ सय पुरानो महल, बनावट देखेर वैज्ञानिक चकित

A general view of a 1,200-year-old rural estate, discovered during excavations by the Israel Antiquities Authority during expansion of the town of Rahat, Israel, Tuesday, Aug. 23, 2022. Located in Israel’s south near the Bedouin town of Rahat, the building dates back back to the early Islamic period in the 8th or 9th centuries. (AP Photo/Tsafrir Abayov)

पुरातत्वविदले इजरायलको मरुभूमियुक्त दक्षिणी इलाकामा १२ सय पुरानो एक भव्य सम्पत्तिबारे पत्ता लगाएको छ जो नेगेव इलाकाको धनी व्यक्तिको जीवनको एक अनौठो झलकलाई पेश गर्छ । यसको बनावट देखेर पनि पुरातत्वविद अचम्मित छन् ।

इजरायलको पुरावशेष प्राधिकरण (एन्टीकिटिज अथोरिटी) ले हालै दिएको जानकारी अनुसार राहतको बेडोइन शहरमा गरिएको यो खोज आठौँ वा नवौँ शताब्दीको सुरुवाती इस्लामिक कालको हो ।

पुरातत्वविदका अनुसार यो विलासी घर एउटा आँगनको चारैतिर बनाइएको थियो र यसमा बस्नका लागि चारैतिर थुप्रै कोठासमेत बनाइएका थिए ।

एउटा निकै ठूलो स्थानको भुइँमा ढुङ्गा बिछ्याइएका थिए र त्यसैले भित्ताहरु पनि सजाइएका थिए । साथै हलको भुइँमा मार्बल राखिएको थियो । पुरातत्वविद्ले त्यहाँबाट विभिन्न खालका माटोका भाँडाहरु र खाना पस्कनका लागि निकै सुन्दर काँचका भाँडा पनि भेटे ।

प्राङ्गणको मुनी पुरातत्वविद्ले ढुङ्गाले बनेको भूमिगत बेसमेन्ट देखेर चकित परे । यी बेसमेन्टको प्रयोग मरुभूमिको प्रचण्ड घामबाट बच्न र चिसो तापक्रममा वस्तुलाई सुरक्षित राख्नका लागि गरिन्थ्यो भन्ने गरिन्छ ।

यो बेसमेन्टलाई निकै सावधानीपूर्वक र बलियो गरी बनाइएको थियो । यो बेसमेन्टको एउटा बाटो एउटा कुवातर्फ पनि जान्छ जहाँ मानिसले चिसो पानी पाउँथे होलान् ।

विशेषज्ञका अनुसार यो हवेलीका मालिक निकै समृद्ध थिए होलान् र आलिशान जीवनयापन गर्दथे होलान् । यहाँबाट जति पनि अवशेष पाइएका छन् यसबाट के प्रमाणित हुन्छ भने यो घर कुनै धनाढ्य व्यक्तिको थियो जोसँग धेरै कुरा थियो ।