काठमाडौं : केन्यासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ रोजेको होताजा अवस्थामा केन्याले १२ ओभरमा २ विकेटको क्षतीमा ५८ रन बनाई खेलको छ ।
करणले २ विकेट लिएका हुन । उनले ओबुवा र अबन्डाको विकेट लिएका छन् । अहिले सचिन १ रन र ओभिएमो १ रन बनाई खेलिरहेका छन् । सन्दिपले १२ ओभर गदैं एकै ओभरमा २ विकेट लिएका छन् । रबकेप ३५ र करिम २२ रनमा आउट भए ।
नेपाल र केन्याले पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् । यसअघि हिजो बिहीवार भएको खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो ।
नेपाल र केन्याबीचको तेस्रो खेल भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एकदिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।
तपाइँको प्रतिक्रीया