२०८२ असार २ सोमबार

राशिफल

नेपाललाई १ सय ३३ रनको लक्ष्य

काठमाडौं :  घरेलु टोली केन्याविरुद्धको दोस्रो टि २० आईमा नेपालले १ सय ३३ रनको विजय लक्ष्य पछ्याउनु पर्ने भएको छ ।

कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३ विकेट लिएपछि केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको जोडेको थियो । पहिलो खेलमा बिहीबार १ सय ३१ रनको लक्ष्य पछ्याउँदा नेपालले ५ विकेटको जित हासिल गरेको थियो ।

कप्तान सन्दीपले ४ ओभरमा २६ रन खर्चेर र दीपेन्द्रले ३ ओभरमा १६ रन दिदै समान ३ विकेट लिएका थिए । करण केसीले २ र पवन सरार्फले १ विकेट लिएका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन जोडेका थिए ।

निहिमी अडिहिम्बोले २९, इरफान करिमले २२ र सचिन भुदियाले १४ रन बनाएका थिए । त्यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५ टि२० आईको श्रृखंलामा नेपाल १–० ले अगाडि रहेको छ ।