२०८२ असार ३ मङ्गलबार

राशिफल

ताप्लेजुङका दुई वटा पालिकाले मात्रै आफ्नो प्रशासनिक भवन निर्माण सम्पन्न गरे

काठमाडौं : ताप्लेजुङका नौ वटा पालिकामध्ये दुई वटाले मात्रै आफ्नो प्रशासनिक भवन निर्माण सम्पन्न गरेका छन् । सदरमुकाम समेत रहेको फुङ्लिङ नगरपालिकाले सात करोड ६६ लाख रुपैयाँ लागतमा २४ कोठे भवन निर्माण गरेको छ ।

यस्तै सिरिजङ्घा गाउँपालिकाले  पाँच करोड ९४ लाख रुपैयाँको लागतमा प्रशासकीय भवन निर्माण सम्पन्न गरेर सेवा प्रवाह सुरु गरेको छ ।  बाँकी सातवटा पालिकाले आफ्नो प्रशासनिक भवन बनाउन सकेको छैनन् । पाथीभरा याङ्वरक, मेरिङ्देन र फक्ताङ्लुङ गाउँपालिले भवन निर्माण गर्न सुरु गरेको बताएका छन् । यस्तै, आठराई त्रिबेणी, मिक्वाखोला, सिदिङवा र मिक्वाखोला गाउँपालिकाले भर्खर मात्र भवन निर्माणको प्रक्रिया सुरु गरेको जनाएका छन् ।